ढोकामा चुकुल लगाएर ७ घरमा आगजनी
जुम्ला — गुठिचौर गाउँपालिका–४ डाँडाबाडाका कविदत्त न्यौपानेको घरभित्र शुक्रबार राति १ बजेतिर एक्कासि धूवाँको मुस्लो देखियो । उनका १४ वर्षीय कान्छा छोरा दीपेन्द्र दायाँतिरको छेउको कोठामा सुतेका थिए । आफू सुतेको कोठाबाटै धूवाँ देखेपछि दीपेन्द्र झल्यास्स ब्युँझिए । ‘तातो महसुस भएर एक्कासि ब्युँझिएर हेर्दा घरबाहिर आगो दन्किरहेको थियो,’ उनले भने, ‘एकछिन त बाँच्दिनजस्तो लागेको थियो ।’ कोठामा धूवाँले उकुसमुकुस …