२५ करोड पाउन्ड तिरेर एमबाप्पे भित्र्याउन साउदीको अल हिलाल तयार

रियाद — केयलिन एमबाप्पेलाई किन्न साउदी क्लब अल हिलालले पेरिस सेन्ट जर्मन (पीएसजी) सोमबार कीर्तिमान २५ करोड ९० लाख पाउन्ड तिर्न तयार भएको छ । फ्रान्सेली च्याम्पियन पीएसजीले बिक्रीका लागि राखेको छ ।

जापान र दक्षिण कोरियाको प्रि-सिजन टुरका क्रममा पीएसजीले एमबाप्पेलाई टिममा राखेको छैन । एमबाप्पेले भने आफू पीएसजीमै कायम रहन इच्छुक रहेको बताइरहेका छन् ।

पीएसजी र एमबाप्पेबीच एक वर्षको अनुबन्ध बाँकी छ । फ्रान्सेली खेलाडी किन्नका लागि अल हिलालसँगै अन्य पाँच क्लब तयारी रहेको बताइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top