अन्तर्राष्ट्रिय धादिङ समाजले बिभिन्न देशमा गरिरहेको धादिङ समाज बिस्तारको क्रममा समाज सेवी तथा युवा खेलकूद शुभचिन्तक दीपक गिंदेल लाई धादिङ समाज राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकको संयोजक पदमा चुनिएका छन् ।
दिपक गिंदेल धादिङ जिल्लामा एक चितपरिचित नाम हो । स्थाई घर ज्वालामुखी -७ भएका गिंदेल चेक रिपब्लिक लाई कर्म थलो बनाउदै आएका छन् । उनले स्थानीरूपमा बिभिन्न समयमा खेलकूद प्रतियोगिता सफलता का साथ सम्पन्न गरेका छन ।
अन्तर्राष्ट्रिय धादिङ समाज को मुख्य उदेश्यहरु मध्य संसार भर छरियर रहेका धदिन्गेली हरु लाई एउटै साझा ठाउमा ल्याउने पनि एक हो । अध्यक्ष राजन खकुराल तथा महासचिव राजेन्द्र श्रेष्ठले संयोजक गिंदेल लाई बधाई दिदै ‘’जहाँ धदिन्गेली त्यहाँ धादिङ” मूल नारा रहेको सस्थाले धादिङ समाज राष्ट्रिय समन्वय परिषद बिस्तार लाई तिब्र पारेको छ ।