सल्यानमा भिरबाट खसेको ढुंगाले लागेर बालकको मृत्यु

सल्यान — सल्यानमा ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका-९ ढिकमुनी बस्ने पूर्णबहादुर बुढाथोकीको छोरा वर्ष ११ का अर्जुनको शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो ।

घरदेखि करिब ५ सय मिटर उत्तरतर्फ पर्ने सुनधारा सामुदायिक वनमा साथीहरुसँग बाख्रा चराउन गएका बेला माथिबाट खसेको ढुंगाले लाग्दा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए । उनका अनुसार ढुंगाले बालकको टाउकोमा लागेको थियो ।


जिल्लाबाट खटिएका प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको र लासलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको प्रहरी निरीक्षक श्रेष्ठले जनाए । ‘ढुंगाले लागेर मृत्यु भएका बालक बुढाथोकीलाई आफन्तले घरमा ल्याएर राखेका थिए,’ उनले भने ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top