धादिङ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपाध्यक्ष धादिङका दिपक खतिवडालाई विश्वकप छनौट तयारीका लागि जिम्मेवारी दिएको छ ।
नेपालले विश्वकप छनौट अन्तरगत लाओससँग यही अक्टुबर १२ र १७ तारीखका दिन होम एण्ड अवेका आधारमा दशरथ रंगशालामा खेल्ने छ ।
एन्फाको आकस्मिक बैठकले खतिवडाको संयोजनमा विश्वकप छनौटको आवश्यक तयारी गर्ने निर्णय गरेको हो । बैठकले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरन राईको वर्खास्तीबारे आगामी कार्तिक २३ गते हेटौडामा हुने विशेष साधारणसभामा छलफल र निर्णय गर्ने बताइएको छ ।
बैठकले विश्वकप छनौटतर्फ १२ अक्टुबरका दिन दशरथ रंगशालामा हुने खेलका लागि टिकटदर पनि निर्धारण गरेको छ । जसअन्तरगत सामान्य पारापिटतर्फ ३०० र भिआईपी पारापिटतर्फ ५०० टिकट मुल्य निर्धारण गरिएको छ ।